Logo

बैंक / बिमा /शेयर

बिमा प्राधिकरणमा शरद ओझा, युवा नेतृत्वलाई अभुतपूर्व अवसर


gdpnepal
   १२ फाल्गुन २०८१, सोमबार


 

काठमाडौं । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझालाई नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले ओझालाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

ओझा खुला प्रतिस्पर्धाबाट नियुक्त भएका हुन् ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारीको संयोजकत्वमा गठित अध्यक्ष सिफारिस समितिले ओझासहित ३ जनाको नाम सिफारिस गरेको थियो ।

सिफारिस भएका तीन जनामध्ये सरकारले ओझालाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

बीमा प्राधिकरणको अध्यक्ष छनौट समितिले नेपाल सरकारका पूर्व सचिव रामशरण पुडासैनी, शरद ओझा र डा. दामोदर बसौलाको नाम सिफारिस गरेको थियो ।

ओझाको नियुक्तिले बिमा क्षेत्र तरंगित बनेको छ । युवा नेतृत्व पाएको प्राधिकरणसामु पूर्ववर्ती नेतृत्वले गरेका कमजोरी सच्याउने र प्राधिकरणको शाख बढाउने चुनौती छ ।

को हुन अध्यक्ष ओझा ?

कृष्णपुर ०८, कञ्चनपुर स्थायी ठेगाना भएका ओझा लामो समय पत्रकारितामा सक्रिय रहेका थिए । ३३ वर्षीय ओझासँग सञ्चार, वकालत, कर्पोरेट क्षेत्रमा उच्च व्यावसायिक तहमा काम गरेको अनुभव छ ।

उनले विभिन्न क्षेत्रमा १२ वर्षको कार्यअनुभव हासिल गरेका छन् । उनी कानुन व्यवसायीका साथै व्यवस्थापन कलेजका अध्यापकसमेत हुन् । उनले नेपाल उद्योग परिसंघ र नेपाल उद्योग वाणिज्य महासंघका लागि विज्ञका रूपमा समेत कार्य गरेका छन् ।

त्यस्तै, पर्यटन नीति २०८१ निर्माणमा संलग्न, नीति तथा कानुनी परमर्शदाताका रूपमा समेत उनले काम गरेका छन् । उनले व्यवस्थापनमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर, कानुनमा स्नातक, पोखरा विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकसम्मको अध्ययन गरेका छन् ।


आर्थिक पत्रकारका रूपमा पनि उनले विभिन्न सञ्चारमाध्याममा काम गरेका छन् । उनले क्लिकमाण्डु डटकममा वरिष्ठ प्रबन्धक तथा विशेष संवाददाका रूपमा काम गरेको अनुभव छ । त्यस्तै हिमाल खबर पत्रिका,बिजमाण्डू, नेपाली टाइम्स, देश सञ्चार अनलाइन, प्रशासनिक माकिस तथा ट्रिनिटी एक्जिम तथा वरुण वेभरेज (नेपालमा पेप्सी उत्पादन तथा वितरण गर्ने कम्पनी) मा समेत काम गरेका छन् ।

त्यस्तै एपेक्स कलेज, राजधानी कलेज, इम्पेरियल कलेज, सायम कलेज, विजनेश नेपालमा व्यापार वातावरण, अन्तर्राष्ट्रिय व्यापार र उद्यमशीलता विषय र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) पर्यटन नीति तथा योजना विषय अध्यापन सेमत गरे ।


ओझाले व्यावसायिक कानुन, वित्त नीति, मौद्रिक नीति, राजस्व प्रशासन, अर्थतन्त्र विश्लेषण जस्ता विषयमा विशेषज्ञता हासिल गरेका छन् ।

प्रकाशित : १२ फाल्गुन २०८१, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह