काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारबाट २५ अर्ब रुपैयाँ तान्ने भएको छ । अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत २५ अर्ब रुपैयाँ तान्न लागेको हो ।
२२ दिन अवधिको लागि निक्षेप संकलन उपकरणको आजै बोलकबोल हुने केन्द्रीय बैंकले जनाएको छ । इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् ।
साँवा र ब्याज भुक्तानी मिति चैत ६ गते निर्धारण भएको छ । यसको ब्याजदर भने बोलकबोलबाटै निर्धारण हुनेछ ।
बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् ।










प्रतिक्रिया