काठमाडौं । नेपाल राष्ट्र बैंकले व्यक्तिगत सवारी साधन र सबै प्रकारका विद्युतीय सवारी साधनको ऋण मूल्य अनुपात (Loan to vslue ratio) को सीमालाई ६० प्रतिशत कायम गरिनेछ ।
यसअघि ईभी किन्न २० प्रतिशत डाउन पेमेन्ट गरे पुग्नेमा अब ४० प्रतिशत गर्नुपर्ने भएको हो ।
केन्द्रीय बैंकले मौद्रिक नीतिको मध्यावधि समीक्षा मार्फत यो व्यवस्था गरेको छ ।
ईभीमा नीतिगत रूपमा निकै उदार रहेको राज्य अब भने कडाइ गर्नेतर्फ अघि बढेको संकेत यसले गरेको जानकारहरू बताउँछन् ।
अत्यधिक ईभी आयातसँगै यसमा नियन्त्रण गर्नुपर्ने आवाज उठिरहेको छ ।
प्रतिक्रिया