काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले साधारण सभा डाकेको छ । सभा फागुन २५ गते दियो महल, धुम्बाराही काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
सभामा कम्पनीले सेयरधनीलाई २१.०५२६४ प्रतिशत नगद लाभांश (कर सहित) वितरण प्रस्ताव पेश गर्ने छ। साथै, आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ ।
त्यस्तै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहेको छ । कम्पनीले फागुन १५ गते बुक क्लोज गरिसकेको छ भने बुक क्लोज हुनुभन्दा अगाडि कायम रहेका शेयरधनी मात्र सभामा उपस्थित हुन पाउने जनाएको छ ।










प्रतिक्रिया