काठमाडौं । स्वरोजगार लघुवित्तको एफपीओ बाँडफाँट भएको छ । गोलाप्रथामार्फत भएको बाँडफाँटमा १९ हजार ५७७ जनाले सेयर हात पारेका छन् । जसमध्ये ३ जनाले ११ कित्ता र १९ हजार ५७४ जनाले १० कित्ताका दरले सेयर पाएका छन् ।
बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार एफपीओमा १७ लाख ८० हजार ४५७ जनाले कुल २ करोड १७ लाख १५ हजार ७५० कित्ताको लागि आवेदन दिएका थिए । जसमध्ये २ हजार ६६४ जना आवेदकको आवेदन रद्द भएको थियो ।
कम्पनीले फागुन १८ गतेदेखि २१ गतेसम्म १ करोड ९५ लाख ७७ हजार ३०० रुपैयाँ बराबरको एफपीओ जारी गरेको थियो । प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १ लाख ९५ हजार ७७३ कित्ता सेयर निष्कासन गरिएको थियो । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपीओ जारी गरेको हो ।
आवेदकहरुले एफपीओको नतिजा बिक्री प्रबन्धक एनएमबि क्यापिटलको वेबसाइट, स्वरोजगार लघुवित्तको वेबसाइट, सीडीएस एन्ड क्लियरिङ लिमिटेडले आइपीओ नतिजा हेर्न बनाएको वेबसाइट र मेरो सेयर एकाउन्टबाट नतिजा हेर्न सक्नेछन् ।
प्रतिक्रिया