Logo

अर्थनीति

१० औद्योगिक क्षेत्रमा सरकारको साढे ५ अर्ब लगानी, निजी क्षेत्रको २१ अर्ब


gdpnepal
   ३० फाल्गुन २०८१, शुक्रबार


काठमाडौं । मुलुकमा सञ्चालित कूल १० औद्योगिक क्षेत्रमा २५ अर्बभन्दा बढी लगानी रहेको पाइएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार हाल देशभित्र सञ्चालनमा रहेका औद्योगिक क्षेत्रको संख्या १० रहेको छ भने नयाँ सातवटा घोषणा औद्योगिक क्षेत्र घोषणा गरिए पनि सञ्चालनमा आउन सकेका छैनन् ।

सञ्चालनमा रहेका औद्योगिक क्षेत्रभित्र कूल उद्योग संख्या ६४२ वटा रहेको र निर्माणाधीन उद्योग ४५ वटा रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

यस्तै, औद्योगिक क्षेत्रभित्र बन्द उद्योग संख्या १९ वटासहित अन्य ४७ सङ्घ संस्था समेत रहेको पाइएको छ ।

औद्योगिक क्षेत्रमा सरकारी लगानी हालसम्म ५ अर्ब ६१ करोड र निजी क्षेत्रबाट २१ अर्ब रुपैयाँ भैसकेको जनाइएको छ ।

यस क्षेत्रमा कूल १८ हजार ३६६ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

 

प्रकाशित : ३० फाल्गुन २०८१, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह