काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा तीन नयाँ सञ्चालक निर्वाचित भएका छन् ।
कम्पनीको २५औं वार्षिक साधारण सभाको निर्णयानुसार स्थगन रहेको सर्वसाधारण शेयरधनीहरु (समूह ख) को संचालक निर्वाचन सम्बन्धी बाँकी कार्यक्रममार्फत नयाँ सञ्चालक चयन भएका हुन् ।
शनिबार भिष्वा होटल बीरगंजमा सम्पन्न निर्वाचन सम्बन्धी बाँकी कार्यक्रममार्फत बिमल प्रसाद ढकाल, कृष्णराज लामिछाने शर्मिला श्रेष्ठ महर्जन संचालक सदस्यको पदमा निर्वाचित भए ।
शनिबार नै बसेको कम्पनी संचालक समितिको ३९३औं बैठकमा बीमा ऐन, २०७९ बमोजिम नवनिर्वाचित ३ जना संचालक सदस्यहरुलाई अध्यक्ष गोविन्द लाल संघईले सपथ ग्रहण गरी पदबहाली गराएको कम्पनी सचिव विनोद कुमार भुजेलले जानकारी दिए ।
प्रतिक्रिया