काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ८०० रुपैयाँले बढेर १ लाख ७६ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले घटेर २ हजार ४५ रुपैयाँ कायम भएको छ । मंगलबार चाँदी प्रतितोला २ हजार ५० रुपैयाँमा किनबेच भएको थियो ।








प्रतिक्रिया