Logo

कर्पोरेट-बजार

कुरियर कम्पनी तोडफोडमा संलग्नलाई कारवाही गर्न कोसानको माग


GDP नेपाल
   १६ चैत्र २०८१, आइतबार


काठमाडौँ । नेपाल कुरियर सेवा संघ (कोसान) ले तिनकुने क्षेत्रमा राजावादी समुहले आयोजना गरेको विरोध कार्यक्रमको क्रममा भएको ढुङ्गामुढा तथा आगजनीमा परि ३ वटा कुरियर कम्पनीहरुमा भएको क्षतीप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

संघले आज एक विज्ञप्ति जारी गर्दै सबै निति नियमको परिपालना गरि संचालनमा रहेको कुरियर व्यवसायी प्रति देखिएको यस किसिमको गतिविधिप्रति घोर विरोध गरेको छ।

यस प्रकारको गतिविधिले निजि क्षेत्र निरुत्साहित हुने बताउँदै संघले भनेको छ,’राजनितिक विरोधको नाममा भएको यस किसिमको ढुङ्गामुढा, आगजनी तथा तोडफोड वाट भएको क्षतिले निजि क्षेत्र निरुत्साहित हुनुको साथै व्यक्तीको निजि सम्पतीको लुटपाट गर्नुको साथै यस किसिमको हर्कत गर्ने कुनै पनि समुह तथा राजनैतिक दल प्रति प्रति यस संघ खेद प्रकट गर्दछ । हुलदङ्गाले व्यवसायिक वातावरण खल्वलिनुको साथै राजनिती प्रति जनतामा वितृस्णा हुन गई राज्यले गम्भिर समस्या भोग्ने देखिन्छ ।’

त्यस्तै, संघले तोडफोड तथा आगजनीको घटनामा संलग्न समुह तथा व्यक्तिको खोजि गरि कानुन अनुसार सख्त कार्वाही गर्न आग्रह गरेको छ ।

यसका साथै, कुरियर व्यवसायीहरुको क्षतिको मुल्याङ्कन गरि क्षतिपुर्तीको व्यवस्था गर्न समेत सरकारसमक्ष माग गरेको छ ।

प्रकाशित : १६ चैत्र २०८१, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
gdpnepal@gmail.com

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह