काठमाडौँ । नेपाल स्टक एक्सचेन्जको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा चूडामणि चापागाईं नियुक्त भएका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले चापागाईंलाई सीईओमा नियुक्त गरेको हो।
गत फागुन १२ मा पहिलोपटक नेप्से सीईओका लागि आवेदन माग हुँदा १२ जनाले आवेदन दिएका थिए। तीमध्ये अर्थ मन्त्रालयले सहसचिव सेवन्तक पोखरेलको संयोजकत्वमा गठन गरेको नियुक्ति सिफारिस समितिले चापागाईंसहित नारदकुमार लुइँटेल, पूर्णप्रसाद आचार्य, बद्रिप्रसाद प्याकुरेल र हेमन्त बस्यालको नाम सिफारिस गरेको थियो।
प्रतिक्रिया