Logo

कर्पोरेट-बजार

नेप्सेको सीईओमा चूडामणि चापागाईं नियुक्त


GDP नेपाल
   १८ चैत्र २०८१, मंगलबार


काठमाडौँ । नेपाल स्टक एक्सचेन्जको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा चूडामणि चापागाईं नियुक्त भएका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले चापागाईंलाई सीईओमा नियुक्त गरेको हो।


गत फागुन १२ मा पहिलोपटक नेप्से सीईओका लागि आवेदन माग हुँदा १२ जनाले आवेदन दिएका थिए। तीमध्ये अर्थ मन्त्रालयले सहसचिव सेवन्तक पोखरेलको संयोजकत्वमा गठन गरेको नियुक्ति सिफारिस समितिले चापागाईंसहित नारदकुमार लुइँटेल, पूर्णप्रसाद आचार्य, बद्रिप्रसाद प्याकुरेल र हेमन्त बस्यालको नाम सिफारिस गरेको थियो।

प्रकाशित : १८ चैत्र २०८१, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह