Logo

बिजनेस होम

भाटभटेनीबाट राजावादी लुटेरा लखेट्ने सुरक्षा गार्डलाई नगद ५ लाख र ५ ग्रेड पुरस्कार


gdpnepal
   १९ चैत्र २०८१, बुधबार


काठमाडौं । चैत १५ गते कोटेश्वरस्थित भाटभटेनीलाई लुटपाट र तोडफोडबाट जोगाउने सुरक्षागार्डलाई सम्मान गरिएको छ ।

भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले बुधबार सुरक्षागार्ड दुलप्रसाद पराजुलीलाई पाँच लाख एक हजार १११ रुपैयाँ नगद पुरस्कारसहित सम्मान गरेका हुन् । उनको पाँच ग्रेड बढुवा पनि गरिएको छ ।

चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादीले प्रदर्शन गरेका थिए । प्रदर्शनले उग्ररूप लिएपछि दुई जनाको ज्यान गएको थियो । प्रहरीले प्रदर्शनलाई तितरबितर पारेपछि एक समूहले कोटेश्वरस्थित भाटभटेनीमा गएर लुटपाट गरेको थियो ।लुटपाट गर्ने समूहलाई सुरक्षागार्ड पराजुलीसहिको टोलीले प्रतिकार गरेको थियो । सुरक्षागार्डले लाठीचार्ज गरेको भिडियो फुटेज बाहिरिएपछि उनीहरूको प्रशंसा भएको थियो ।

प्रकाशित : १९ चैत्र २०८१, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
gdpnepal@gmail.com

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह