Logo

कर्पोरेट-बजार

प्रतितोला एक हजार ९ सयले घट्यो सुनको मूल्य


GDP नेपाल
   २३ चैत्र २०८१, आइतबार


काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य एक हजार नौं सय रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा एक हजार नौं सय रुपैयाँले घटेर छापावाल सुनको मूल्य तोलामा १ लाख ७४ हजार ५०० रुपैयाँ कायम भएको छ।

शुक्रबार सुनको मूल्य तोलामा १ लाख ७६ हजार ४०० रुपैयाँ कायम भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य ७० रुपैयाँले घटेको छ । आइतबार चाँदीको मूल्य तोलामा एक हजार आठ सय रुपैयाँ कायम भएको हो ।

प्रकाशित : २३ चैत्र २०८१, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह