Logo

बैंक / बिमा /शेयर

क्यापिटल मर्चेन्ट बैंकिङ्गको १३ वर्षको साधारण सभा एकै पटक सम्पन्न


GDP नेपाल
   २४ चैत्र २०८१, सोमबार


काठमाडौँ । क्यापिटल मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेले १३ आर्थिक वर्षको साधारण सभा सम्पन्न गरेको छ । कम्पनीले अध्यक्ष तिलक बहादुर रानाभाटको अध्यक्षतामा आर्थिक वर्ष २०६७/०६८ देखि ७९/०८० सम्मको वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

नेपाल राष्ट्र बैंकले २०६९ सालमा समस्याग्रस्त संस्था घोषणा गरी सामान्य बैकिङ्ग कारोवारमा रोक लगाए पश्चात कम्पनीको साधारण सभा हुन सकेको थिएन । आफ्नो वित्तीय अवस्थामा सुधार ल्याई बाँकी रहेका लेखा परीक्षण कार्य सम्पन्न गरी राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीले आज १३ आर्थिक बर्षको साधारण सभा सम्पन्न गरेको हो । 

सभाले बिगत १३ आर्थिक बर्षको वित्तीय विवरण पारित, लेखा परीक्षक नियुक्तिको अनुमोदन, संचालक समितिमा भएको परिवर्तन र कामकारवाहीको अनुमोदन, ऋण असुलीका कार्यहरुको अनुमोदन, संस्थाको नाम परिवर्तन गर्ने साथै गाभिने (Merger) वा प्राप्ति (Acquisition) सम्बन्धि बिषयहरुलाई सर्वसम्मत रुपमा पारित गरेको छ । 

त्यस्तै, संस्थाको विनियमावलीको व्यवस्था बमोजिम सम्पन्न निर्वाचनमा संस्थापक शेयरधनीबाट तिलक बहादुर रानाभाट, जगत राज खनाल र रञ्जन रायमाझी तथा सर्वसाधारण शेयरधनीबाट निर्मल दाहाल र मोहन खड्का निर्विरोध निर्वाचित भएका छन् । संस्थाको स्वतन्त्र संचालकमा राजेश्वर श्रेष्ठ रहेका छन् ।  

सभामा हालसम्म भएका कामकारवाही र संस्थाको वित्तीय अवस्थाको सम्बन्धमा प्रमुख कार्यकारी अधिकृत प्रदीप भट्टराईले विस्तृत रुपमा प्रकाश पारेका थिए । उनले वित्तीय अवस्थामा थप सुधार गरी संस्थालाई अघि बढाउन संस्थागत सुशासन, जोखिम व्यवस्थापन लगायतका कार्ययोजना सहित नेपाल राष्ट्र बैंकमा समस्याग्रस्त संस्थाबाट फुकुवाका लागि पेश गर्ने र संस्थालाई सामान्य बैकिङ्ग कारोवार गर्दै अघि बढाउने लक्ष्यका साथ क्रियाशील रहेको जानकारी गराए । 

प्रकाशित : २४ चैत्र २०८१, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
gdpnepal@gmail.com

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह