काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आगामी वर्ष हुने साधारणसभामा उद्योगी शिव घिमिरेले उम्मेद्वारीको अनौपचारिक घोषणा गरेका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभामा उपस्थित भएका बस्तुगत तर्फका उद्योगी व्यवसायीको लागि घिमिरेले नयाँ वर्ष २०८२ सालको शुभकामना आदान प्रदान कार्यक्रम गरेर घिमिरेले अनौपचारिक रुपमा आगामी वर्ष बस्तुगत तर्फ उपाध्यक्षको उम्मेद्वार हुने घोषणा गरेका हुन् ।
घिमिरे अहिले उद्योग वाणिज्य महासंघमा बस्तुगत तर्फबाट कार्यकारिणी समिति सदस्य रहेका छन् । नयाँ वर्षको उपलक्ष्यमा आयोजित शुभकामना कार्यक्रममा घिमिरेले आगामी वर्ष उपाध्यक्षमा लड्ने घोषणा गरे ।
‘सबैको साथ र सहयोगले वस्तुगत तर्फ उम्मेद्वार हुने घोषणा गरेको छु, अब पर्खन हुँदैन कि भन्ने लागेको छ,’घिमिरले भने ।
घिमिरेले राखेको नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रममा महासंघका बरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले घिमिरे अहिलेको कार्यसमिति सदस्यमा उमेरको आधारमा सबैभन्दा जेठो रहेको र व्यवसायमा अनुभव हासिल गरेको व्यक्ति रहेको बताए ।
बरिष्ठ उपाध्यक्ष श्रेष्ठले घिमिरेलाई साथ दिन बस्तुगत तर्फका व्यवसायीलाई घिमिरेलाई सहयोग गर्न अनुरोध गरे । एशोसियटका उपाध्यक्ष ज्योत्स्ना श्रेष्ठले घिमिरे व्यवसायीको हकहितको लागि उभिने व्यक्ति भएको बताइन् ।
प्रतिक्रिया