Logo

बिजनेस होम

टेल्जी नेपालले ल्यायो स्पोर्टी स्कुटर ‘एस २’, मूल्य २ लाख ६८ हजार


gdpnepal
   २ बैशाख २०८२, मंगलबार


काठमाडौं । नेपाली बजारमा टेल्जीको नयाँ स्पोर्टी विद्युतीय स्कुटर भित्रिएको छ । टेल्जी स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता योम मा ई मोटर्स प्रालिले पावरफुल साथै स्पोर्टी डिजाइन भएको ‘एस २’ स्कुटर सार्वजनिक गरेको हो ।

टेल्जी नेपालले नक्साल स्थित शोरुममा एक कार्यक्रमका बीच एस २ स्कुटर सार्वजनिक गरेको हो । कम्पनीले ल्याएको स्पोर्टी स्कुटर एस २ को मूल्य २ लाख ६८ हजार रुपैयाँ तोकिएको छ ।

टेल्जी नेपालका निर्देशक संजिव शिल्पकारले युवा वर्गलाई लक्षित गर्दै स्पोर्टी डिजाइनको स्कुटर नेपाल ल्याइएको बताए ।

उनले भने, ‘हामीले यसअघि ल्याएको लायन र टाइगर स्कुटर ग्राहक वर्गले अत्याधिक रुचाउनु भएको छ । हामीले युवा वर्गलाई लक्षित गर्दै अझ स्पोर्टी डिजाइनको स्कुटर ल्याएका हौं ।’

नेपाली बजारमा उपलब्ध धेरै स्कुटरमा सस्पेन्सन राम्रो नभएको ग्राहकको गुनासो रहेको कम्पनीका अध्यक्ष राजेश राजकर्निकारले बताए ।

‘हामीले यो स्कुटरको सस्पेन्सनलाई मोटरसाइकलको जस्तै कम्र्फटेबल बनाउने कोशिस गरेको छौं । यो स्कुटरको लुक्स र पर्फमेन्स पनि मोटरसाइकल जस्तै छ,’ उनले भने ।

कम्पनीले ल्याएको नयाँ स्कुटर एस २ को फ्रन्टमा एग्रेसिभ डिजाइन रहेको छ । फ्रन्टमा सानो साइजको भाइजर, एलइएडी डीआरएल र ट्वीन पड हेड ल्याम्प छ । एस २ स्कुटरमा ३ किलोवाट रेटेड पावरको मोटर उपलब्ध छ ।

यो स्कुटरको टप स्पीड ७५ किलोमिटर प्रतिघण्टाको छ भने यो स्कुटरको १६ डिग्री क्लाइम्ब क्षमता छ । यसमा कम्पनीले ७२ भोल्ट ३८ एम्पियर अवारको ग्राफिन ब्याट्री दिइएको छ । यो स्कुटरलाई एकपटक फुल चार्ज गरेर १०० किलोमिटरसम्म गुडाउन सकिने कम्पनीको दाबी छ । यसलाई ३ घण्टामा फुलचार्ज गर्न सकिन्छ । यसमा मेन्टिनेन्स चार्जिङ सिस्टम उपलब्ध छ ।

यो स्कुटरको अगाडि पछाडि दुवैतर्फ डिस्क ब्रेकका साथै कम्बाइन ब्रेकिङ सिस्टम समेत दिएको छ । त्यस्तै, यसमा फुल डिजिटल कन्सोल, स्मार्ट की, अन्डर सिट स्टोरेज जस्ता फिचर पाउन सकिन्छ ।

प्रकाशित : २ बैशाख २०८२, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
gdpnepal@gmail.com

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह