Logo

Banner-news

अमेरिकी आक्रमणमा इरानी नेता मारिएपछि कच्चा तेलको मूल्य बढ्यो


GDP Nepal
   २० पुस २०७६, आइतबार


वासिङ्टन (एजेन्सी): विश्व बजारमा कच्चा तेलको मूल्य बढेको छ र यो मूल्य गत वर्षको अप्रिलपछिकै उच्च रहेको अधिकारीहरुले बताएका छन् ।

समाचारहरुमा जनाइएअनुसार इराकको बगदादमा भएको अमेरिकी आक्रमणमा इरानका वरिष्ठ इरानी नेता मारिएपछि ऊर्जा उत्पादनमा कमी आउने अनुमानका बीच तेलको मूल्यमा वृद्धि भएको हो ।

अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्ट कच्चा तेलको मूल्यमा २.४२ डलर अर्थात् ३.६ प्रतिशतको वृद्धि भएर प्रतिब्यारेल ६८.६७ डलर कायम भएको छ । अमेरिकी तेलमा पनि १.८७ डलर अर्थात ३ प्रतिशतले वृद्धि भएर प्रतिब्यारेल ६३.०५ डलर कायम भएको छ ।

आक्रमणपछि इरानका साथै इराकमा इरान समर्थित मिलिसियाका तर्फबाट भड्किलो बदलाको कारबाही हुन सक्ने स्ट्राटफरका विश्वव्यापी वरिष्ठ विश्लेषक म्याथ्यू बेले बताए ।

इरानले पर्सियन खाडी र मध्यपूर्वका बाँकी भागको तेल पूर्वाधारमा जवाफी हमला गर्न सक्ने बेले बताए । यदी तनावमा थप विस्तार भएमा तेहरानले साउदी अरेबियाको तेल पूर्वाधारमा पनि आक्रमण गर्न सक्छ ।

इरानले यी क्षेत्रमा आक्रमण गर्न सक्ने क्षमता राख्ने र इच्छा पनि राख्न सक्ने उनले बताए । यसको पुनर्निर्माणका लागि महिनांै लाग्न सक्ने भनाइ पनि उनको थियो ।

इरानको शीर्ष रिभोलुसनरी गार्डमा सोलेमानीले विशेष दस्ताको नेतृत्व गर्दै आएका थिए । उनी अमेरिकी आक्रमणमा मारिएका छन् ।

यो हवाई आक्रमण चौथो त्रैमासमा पनि तेलको मूल्य वृद्धि भएको समयमा भएको छ । साउदी अरेबियाको अब्काकी र खुरैसीमा आक्रमण भएपछि अमेरिकी र ब्रेन्ट तेल दुवैको मूल्यमा ८ प्रतिशतको वृद्धि भएको थियो ।


डिसेम्बरमा अमेरिकी तेलको मूल्यमा १०.६८ प्रतिशतको वृद्धि भएको थियो । यो २०१९ को जनवरीदेखिकै ठूलो मूल्य वृद्धि थियो ।

प्रकाशित : २० पुस २०७६, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह