काठमाडौं । मुलुकमा खानेपानीको स्रोत नै मासेर जथाभावी व्यावसायिक उपयोग गर्ने प्रचलन बढिरहेका बेला राष्ट्रिय जलस्रोत नीतिले पानीमाथिको पहिलो अधिकार स्थानीयलाई दिएको छ । नीतिको मस्यौदामा खानेपानी र घरेलु उपयोगपछि मात्र पानीबाट अन्य व्यवसाय गर्न पाइने उल्लेख छ ।
जलस्रोतको उपयोगका बहुउपयोगका लागि तयार गरिएको राष्ट्रिय जलस्रोत नीतिअनुसार पहिलो प्राथमिकतामा खानेपानी र घरेलु उपयोग, दोस्रोमा सिँचाइ, तेस्रोमा पशुपालन तथा मत्स्यपालन जस्ता कृषिजन्य उपयोग रहेको छ ।
यस्तै, चौथोमा जलविद्युत्, पाँचौमा औद्योगिक प्रयोजन तथा खानीजन्य उपयोग, छैटौमा जल यातायत, सातौमा धार्मिक÷सांस्कृतिक वा वातावरण संरक्षण तथा आठौ प्राथमिकतामा आमोद÷प्रमोद र पर्यटन बेसिन राखी योजना तयारीको क्रममा साधारणतया पानीको उपयोगकोे निर्धारण गरिने मस्यौदामा उल्लेख छ ।
मस्यौदामा नदी बेसिन कार्यालयको सहमतिमा मात्र अनुमतिपत्र (लाइसेन्स) दिने प्रावधान अघि सारिएको छ ।
प्रतिक्रिया