काठमाडौं । भारतले पाम आयल आयातमा प्रतिबन्ध लगाएको छ । यो स्वाभाविक पनि थियो । तर, भारत सरकारसँग यसको प्रतिबन्ध खुलाउन केही ठूला घराना र व्यावसायिक संघ संस्थाका प्रभावशाली व्यक्तिहरु नै लागिरहेको देखिन्छ ।
नेपालबाट भारतमा पाम आयल निकासी हुनु तस्करीकै एउटा रुपमात्र हो । जुन विगतमा सुपारी, वनस्पति घिउ, तामाको तार, जिंक अक्साइडलगायतमा हुन्थ्यो । अहिले पनि छोकडा, मरिचलगायतमा भइनै रहेको छ ।
त्यसो त पाम आयलको व्यापार नेपालका लागि दिगो होइन भन्नेमा सन्देह थिएन । वैदेशिक व्यापारका जानकारहरुले यस्ता वस्तु निकासीलाई राज्यले संरक्षण र प्रवर्द्धन गर्नुहुँदैन भन्दै आएका थिए ।
पाम आयल व्यापारमा संलग्न केही व्यापारीको समूहले ने पाल–भारतबीच विश्वासि लो स म्बन्धको स मे त दुरुपयो ग गरि र हे को भन्दै ने पालले उत्पादनमा आधारि त वस्तु निकासीलाई प्रोत्साहन गदैर् यस्ता बिचौ लिया प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने थियो । घटनाक्रमले यो क्षणिक लाभको व्यापारबाट फेरि पुरानै अवस्थामा फर्काएको छ ।
नेपालले इन्डोनेसिया, थाइल्याण्ड, मलेसियालगायतबाट आयात गरेर सबै हिस्सा भारतमा निकासी गर्दै आएको पाम आयलमा गरिएको भनिएको मूल्य अभिवृद्धि पनि सन्देहास्पद थियो । तथ्यांक नै हेर्ने हो भने पनि चालू आवको पाँच महिना (साउन–मंसिर) मा नेपालले ११ अर्ब ५५ करोड रुपैयाँको पाम आयल भारतमा निकासी गरेको छ ।
यतिमात्र नभइ कुल निर्यातमै पाम आयलको हिस्सा २४.२५ प्रतिशत थियो । अघिल्लो आवको अन्त्यदेखि सुरु भएको यसको निकासीले सोही वर्ष १३५ करोड रुपैयाँको निर्यात भएर उदीयमान व्यवसायका रुपमा संकेत गरिसकेको थियो ।
अब भने भारतको वैदेशिक व्यापार महानिर्देशनालयले बुधबार वैदेशिक व्यापार नीतिमा भएको संशोधनका सम्बन्धमा सूचित गरेर पाम आयल आयातमा प्रतिबन्ध लगाएपछि नेपाली व्यवसायीले ठूलो नोक्सानी बेहोर्नुपर्ने देखिन्छ किनकी स्टकमा रहेको र एलसी खोलिएका सबै परिमाणको पाम आयल नेपालमा बिक्री हुने सम्भावना छैन भने सबै परिमाण चोरी बाटोबाट भारत निकासी हुन्छ नै भन्न सकिँदैन ।
पाम आयलको क्षणिक व्यवसायमा मुलुकका ठूलै घराना संलग्न रहेको चर्चा पनि छ । छोटो समयमै बढी नाफा खोज्ने यस्तै समूहले नेपालमा लगानीमैत्री वातावरण नरहेको भन्दै हल्ला पनि फैलाइरहेको पाइन्छ । व्यापार विज्ञहरूका अनुसार नै यो नेपालका लागि यो ‘नट बोल्ट’ प्रविधिमा आधारित उद्योग हो ।
विभिन्न देशबाट कच्चा पाम तेल ल्याएर सामान्य प्रशोधनपछि भारतमा निकासी गर्दा कच्चा वस्तुदेखि निकासी हुँदासम्म यसले विभिन्न चरणका मूल्य श्रृंखलामा सिर्जना गर्नुपर्ने मूल्यवृद्धिको लाभ नेपाललाई थिएन । भारतीय आयातकर्ताले पाम तेल उत्पादन हुने राष्ट्रबाट आयात गर्दा ४० प्रतिशत भन्सार महसुल तिर्नुपर्ने तर नेपालबाट भारतमा निकासी गर्दा भन्सार नलाग्ने सुविधाका कारण यो व्यवसाय फस्टाएको हो ।
विगतमा पनि वनस्पति घ्यू, तामाको तार, जिंक अक्साइडलगायतमा नेपालले यस्तै नियति भोग्नुपरेको थियो । यसैले पाम आयलको शिक्षा भनेको नेपालले नेपाल र भारतबीचको भन्सार दरमा खेलेर नभइ तुलनात्मक लाभका वस्तुमा मात्र उत्पादन र उत्पादकत्व बढाएर निकासी बढाउनुपर्छ भन्ने नै हो ।
पाम आयलकै कारण निकासी व्यापार बढेको र व्यापारघाटा कम भएको भन्दै क्रेडिट लिनखोज्ने सरकारी अधिकारीहरू, तथा मन्त्रीहरूको अस्वाभाविक प्रचार र मपाइँत्वको पनि आउँदा दिनमा सत्यतथ्य उजागर गर्ने नै छ ।
प्रतिक्रिया