काठमाडौं । विधि, पद्धती र विवेकभन्दा बालेन शाहको सनकका भरमा चल्ने गरेको काठमाडौं महानगर प्रहरीले शुक्रबार बिहानै काठमाडौंको माछापोखरी क्षेत्रमा आतङ्क मच्चाएको छ ।
माछापोखरी, काठमाडौंमा सार्वजनिक यातायात नै रोकेर बाटो बन्द गरिएको छ ।
साना किसान, ब्यापारीले विहान ४ बजेदेखि ७ बजेसम्म यहाँ तरकारी बेचेर गुजारा गर्दै आएका थिए ।
तिनलाई प्रतिबन्ध लगाउन यसरी नगर प्रहरीले सार्वजनिक यातायात नै रोकेर तमासा देखाएको मानव अधिकारकर्मी राजन कुइँकेलले जानकारी दिएका छन् ।
कार्यकारी प्रमुख मातहतमा रहने महानगर प्रहरी बालेनको खल्तीको फौज बनिरहेको महानगरकै जनप्रतिनिधिहरू बतउँछन् ।
ति प्रहरीको दिनचर्या भने अनौपचारिक क्षेत्रका मजदुर र स्वरोजगारहरूलाई दु:ख दिनुमै सीमित रहेको देखिन्छ।










प्रतिक्रिया