Logo

Banner-news

टेलिकम र आयल निगमको लाभांश जोडेर राजस्व लक्ष्य पुर्‍याइयो


GDP Nepal
   १ माघ २०७६, बुधबार


काठमाडौं । मंसिर मसान्तसम्म लक्ष्यभन्दा झन्डै १ खर्ब कम राजस्व संकलन गरेको सरकारले पुस महिनाको लक्ष्य भने हासिल गरेको छ । अर्थ मन्त्रालयका अनुसार पुस महिनामा १ खर्ब ३५ अर्ब रुपैयाँको राजस्वको लक्ष्य राखेकोमा लक्ष्यभन्दा झन्डै २ अर्ब रुपैया बढी राजस्व संकलन भएको छ ।

सरकारी स्वामित्वको नेपाल आयल निगमले लाभांशवापत २ अर्ब २० करोड सरकारी खातामा जम्मा गरेको थियो भने सरकारी स्वामित्वकै अर्को कम्पनी नेपाल टेलिकमको लाभांशले पनि पुसको लक्ष्यमा भरथेग गरेको छ । टेलिकमको मंगलबार नै सम्पन्न साधारणसभाले ४५ प्रतिशत लाभांश पारित गरेसँगै सरकारी खातामा ६ अर्बभन्दा बढी योगदान पुग्नेछ ।

टेलिकम र आयल निगमको लाभांश गैरकर राजस्व हुन् । कर राजस्वअन्तर्गत भन्सार र मूल्य अभिवृद्धि कर लक्ष्यभन्दा कम रहेको र आयकरको भने पूर्ण विवरण आउन बाँकी रहेकाले यसै भन्नसकिने अवस्था छैन । यतिमात्र नभइ पुसमा लक्ष्य पु¥याउन पेश्कीमा समेत कर उठाइएको छ । यसअघि पनि अग्रिम कर उठाउने प्रचलन थियो ।

भन्सार विभागले पुुस महिनामा ३६ अर्ब राजस्व संकलनको लक्ष्य लिएको थियो । तर २६ अर्बभन्दा केही बढीमात्र राजस्व असुल भएको छ । लक्ष्य पूरा गर्नसबै कार्यालयहरूलाई भन्सारबाट सवारी लगायत भन्सार बढी उठ्ने सामग्री छिटो छाड्न निर्देशन दिइए पनि यसले समेत काम गरेन ।

चालू आर्थिक वर्षमा ११ खर्ब १२ अर्ब रूपैयाँको राजस्व संकलन गर्ने लक्ष्य छ भने यस वर्ष राजस्व असुलीको बृद्धिदर ३० प्रतिशत राखेको छ । पछिल्लो दशकको तथ्यांक हेर्दा औषतमा २० देखि २२ प्रतिशत मात्रै राजस्व वृद्धि हने गरेको छ ।

प्रकाशित : १ माघ २०७६, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह