काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ३७ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३७ सय रुपैयाँले घटेर १ लाख ८६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले घटेर १९ सय ६० रुपैयाँ कायम भएको छ । आइतबार चाँदी प्रतितोला १९ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।










प्रतिक्रिया