काठमाडौं । मंगलबार सेयर बजार परिसूचक नेप्से १४.८७ अंकले घटेर दुई हजार ६३४.८६ विन्दुमा पुगेको छ ।
बैंकिङ ४, फाइनान्स ४७, हाइड्रोपावर ४०, माइक्रोफाइनान्स ३२, निर्जीवन बीमा ७५, होटल तथा पर्यटन १५१, व्यापार १११ र अन्य उपसमूह १३ अंकले घटेको छ । त्यस्तै आज जीवन बीमा १२७ , उत्पादन २४ र विकास बैंक उपसमूह ४७ अंकले बढेको छ ।
आज नेपाल माइक्रो इन्स्योरेन्सको सेयर सबैभन्दा धेरै ६.२२ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज क्रेष्ट माइक्रो लाइफ र ओम मेगाश्रीको सेयर १० प्रतिशतले बढेको छ ।
यस दिन ३१४ कम्पनीको दुई करोड १८ लाख कित्ता सेयर ९ अर्ब ६३ करोडमा कारोबार भएको छ ।










प्रतिक्रिया