काठमाडौं । बुधबार सेयर बजार परिसूचक नेप्से १३.९६ अंकले घटेर दुई हजार ६२०.२७ विन्दुमा पुगेको छ ।
बैंकिङ ६, फाइनान्स ५, होटल तथा पर्यटन १०३, हाइड्रोपावर ६९, जीवन बीमा ११६ , उत्पादन ६६, माइक्रोफाइनान्स १२, निर्जीवन बीमा १७४ र व्यापार उपसमूह ३० अंकले घटेको छ । त्यस्तै आज विकास बैंक ६५ र अन्य उपसमूह ५५ अंकले बढेको छ ।
आज गुँरास लघुवित्तको सेयर सबैभन्दा धेरै ९.९८ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज ओम मेगाश्रीको सेयर ९.९८ प्रतिशतले बढेको छ ।
यस दिन ३१५ कम्पनीको एक करोड ८४ लाख कित्ता सेयर ८ अर्ब ७३ करोडमा कारोबार भएको छ ।










प्रतिक्रिया