काठमाडौं । बिहिबार सेयर बजार परिसूचक नेप्से ८.४१ अंकले घटेर दुई हजार ६११.८५ विन्दुमा पुगेको छ ।
बैंकिङ ३, विकास बैंक ११६, फाइनान्स १९, हाइड्रोपावर २२ जीवन बीमा ५५ , उत्पादन ३२, माइक्रोफाइनान्स २, निर्जीवन बीमा ४९ र अन्य उपसमूह २६ अंकले घटेको छ । त्यस्तै आज होटल तथा पर्यटन ३२२ र व्यापार उपसमूह ३० अंकले बढेको छ ।
आज कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर साढे ८ प्रतिशत भन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेपनि आज ओम मेगाश्रीको सेयर ९.९९ प्रतिशतले बढेको छ ।
यस दिन ३२० कम्पनीको एक करोड ७४ लाख कित्ता सेयर ७ अर्ब ८ करोडमा कारोबार भएको छ ।










प्रतिक्रिया