Logo

मुख्य समाचार

‘देशभित्रै उत्पादित सिमेन्ट प्रयोग गर्दा उद्योगलाई बढावा हुनुको साथै आयात कम हुन्छ’


GDP नेपाल
   ६ जेष्ठ २०८२, सोमबार


काठमाडौं । उपप्रधान एंव सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपालको भूवनावट अनुसार सिमेन्टको प्रयोगले बाटोहरु गुणस्तरयुक्त हुने बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित नेपाल सिमेन्ट उत्पादन संघको कार्यक्रममा उनले सिमेन्ट काममा खर्च धेरै भएपनि लामो समय टिक्ने र गुणस्तरयुक्त हुने बताए ।

उनले भने, ‘नेपालको भूवनावट एकदमै चुनौतीपूर्ण छ । त्यसकारण सिमेन्टको प्रयोगले बाटोघाटो निर्माण गर्न सहज हुन्छ र बाटो गुणस्तर बढाउनको लागि सिमेन्टको खर्च धेरै भएपनि लामो समय टिक्ने भएको हुनाले यसको प्रयोग राम्रो हुन्छ ।’

यस्तै, उनले नेपालमा नै ४२ मिलियन मेट्रिक टन सिमेन्ट उत्पादन हुने भन्दै देशभित्रै उत्पादन भएको सिमेन्टलाई प्रयोग गर्दा उद्योगलाई बढावा हुनुको साथै आयात कम हुने बताए ।

उनले भने, ‘सिमेन्ट उत्पादनको कुरा गर्दा ४२ मिलियन मेट्रिक टन सिमेन्ट हामीले नेपालमा नै उत्पादन गर्ने गरेका छौ । सामानहरु आयात गर्नुभन्दा पनि आफ्नै देशमा उत्पादन भएको सिमेन्टलाई प्रयोग गर्दा उद्योगलाई पनि बढावा दिन सकिन्छ र आयातलाई पनि रोक्न सकिन्छ । यसतर्फ पनि ध्यान जानुपर्छ ।’

प्रकाशित : ६ जेष्ठ २०८२, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह