काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा आएको छ । इन्स्योरेन्सले ३ लाख २७ हजार १०८.१८ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।
उक्त सेयर खरिद गर्न इच्छुक कम्पनीका विद्यमान अन्य संस्थापक सेयरधनीले आजबाट ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय हात्तिसार काठमाडौंमा रहेको कानुन शाखामा आवेदन दिन सक्नेछन् ।
तोकिएको अवधिमा संस्थापक सेयरधनीबाट आवेदन नपरेमा सर्वसाधारण लगानीकर्तालाई सेयर बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।










प्रतिक्रिया