Logo

अर्थनीति

दुई वर्षभित्र चामलमा आत्मनिर्भर बनाउने, बाँदर, बँदेल र निलगाई नियन्त्रण गरिने


GDP नेपाल
   १६ जेष्ठ २०८२, बिहिबार


काठमाडौं । सरकारले दुई वर्षभित्र चामलमा आत्मनिर्भर बनाउने नीति लिएको छ ।

बिहीबार उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेटमा यसका लागि विभिन्न कार्यक्रमको व्यवस्था गरिएको बताएका हुन् ।

उनले भने, दुई वर्षभित्र चामलमा आत्मनिर्भर बनाउने नीति लिएको छौं । बजेटमा यसका लागि विभिन्न कार्यक्रमको व्यवस्था गरिएको छ ।’

प्राङ्गारिक मलको प्रवद्र्धन गरी अर्गानिक फलफूल र तरकारीको उत्पादन गरिने पनि जानकारी दिए ।

अर्थमन्त्री पौडेलका अनुसार विभिन्न जिल्लामा समस्याका रूपमा रहेको बाँदर, बँदेल, निलगाईको नियन्त्रण गरिने र प्रभावित क्षेत्रमा अदुवालगायत खेती प्रवद्र्धन गरिने भएको छ ।

चार करोड २८ लाख माछाका भूरा उत्पादन गरिने कार्यक्रम पनि बजेटबाट आगामी वर्षमा ल्याउन लागिएको उनले जानकारी दिए ।

प्रकाशित : १६ जेष्ठ २०८२, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह