Logo

अर्थनीति

पोखरा महानगरको १७ औं नगरसभा प्रारम्भ, ८ अर्ब ३५ करोड बजेट सार्वजनिक


GDP नेपाल
   ९ असार २०८२, सोमबार


पोखरा । पोखरा महानगरपालिकाको १७ औं नगरसभा आइतबारबाट औपचारिक रूपमा प्रारम्भ भएको छ । नगरसभाको उद्घाटन सत्रमा नगर प्रमुख धनराज आचार्यले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्। त्यस्तै, उपप्रमुख मन्जुदेवी गुरुङले बजेट तथा कार्यक्रम सभामा पेस गरिन् ।

‘विकास गतिविधिलाई व्यवस्थित रूपमा सञ्चालन गर्दै निर्वाचनका समयमा गरिएको प्रतिवद्धतालाई मूर्तरूप दिने, नागरिकको विश्वास आर्जन गर्ने र समुन्नत पर्यटकीय पोखरा निर्माण गर्ने’ दीर्घकालीन लक्ष्यका साथ महानगरले आगामी वर्षका लागि रु ८ अर्ब ३५ करोड १२ लाखको बजेट प्रस्तुत गरेको हो ।

सभामा प्रस्तुत बजेटअनुसार कुल बजेटमध्ये रु ३ अर्ब १३ करोड १२ लाख ९३७।४९ प्रतिशत संघीय सरकारबाट प्राप्त सशर्त अनुदानबाट व्यवस्थापन गरिनेछ भने रु ५ अर्ब २२ करोड ९६२।५१ प्रतिशत आन्तरिक आम्दानीबाट खर्च गरिनेछ ।

महानगरले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले शिक्षा, स्वास्थ्य, पूर्वाधार, वातावरण संरक्षण, दिगो पर्यटन विकास, स्मार्ट सहरको अवधारणा लगायत विविध क्षेत्रमा ध्यान केन्द्रित गरेको छ । नगरप्रमुख आचार्यले आगामी वर्षलाई कार्यान्वयनमुखी र नतिजामूलक वर्ष बनाउने प्रतिबद्धता जनाएका छन् ।

प्रकाशित : ९ असार २०८२, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह