Logo

अर्थनीति

कोशी प्रदेशको ३५ अर्ब ८७ करोडको बजेट पारित, मुख्यमन्त्रीले दिए धन्यवाद


GDP नेपाल
   १३ असार २०८२, शुक्रबार


विराटनगर । कोशी प्रदेश सरकारको आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत गरेको ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको बजेट शुक्रबार प्रदेश सभाबाट बहुमतले पारित भएको छ ।

असार १ गते प्रस्तुत बजेटमाथि भएको छलफलमा ३८ जना प्रदेशसभा सदस्यले भाग लिएका थिए । छलफलपछि विनियोजन विधेयक पारित गरिएको हो ।

प्रदेश सरकारले चालुतर्फ १८ अर्ब ६७ करोड ३३ लाख र पुँजीगत खर्चतर्फ १७ अर्ब १० करोड ६५ लाख रुपैयाँ विनियोजन गरेको छ ।

राजस्व स्रोतका हिसाबले ५ अर्ब ५० करोड आन्तरिक स्रोतबाट उठाउने र १२ अर्ब ३९ करोड राजस्व बाँडफाँटबाट प्राप्त हुने अनुमान गरिएको छ । बाँकी रकम सङ्घीय सरकारबाट प्राप्त हुने अनुदानमार्फत व्यवस्थापन गरिने बताइएको छ ।

बजेट पारित भएसंगै कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सामाजिक संञ्जालमार्फत माननीयहरुलाई धन्यवाद दिएका छन् । ‘सम्पुर्ण माननीय सदस्य प्रती हार्दिक धन्यवाद एंब आभार ब्यक्त गर्दछु,’ उनले लेखेका छन् ।

प्रकाशित : १३ असार २०८२, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह