Logo

अर्थनीति

सहरी विकास मन्त्रालयले अनधिकृत प्रयोग भएका गाडी फिर्ता ल्याउनेः विद्युतीय हाजिरीमा कडाई


gdpnepal
   ३१ असार २०८२, मंगलबार


काठमाडौं । शहरी विकास मन्त्रालयले अनधिकृत रुपमा प्रयोग भएका मन्त्रालयका गाडीहरु फिर्ता ल्याएको छ ।

साउन १ गतेबाट नेपाल सरकारको मापदण्डभित्र पर्नेलाई मात्र गाडी सुविधा दिइने मन्त्रालयले जनाएको छ ।

पाउनुपर्नेले गाडी नपाएको र मापदण्डमा नपर्नेले गाडी प्रयोग गरेको पाइएपछि उपप्रधानमन्त्री सिंहको निर्देशनपछि अनधिकृत रुपमा प्रयोग भएका गाडी फिर्ता ल्याइने भएको छ ।

मन्त्रालयबाट सरुवा भइ जाँदा सचिव र उच्च पदस्थ कर्मचारीहरुले सँगै लगेका सवारीसाधन पनि फिर्ता ल्याइएको छ ।

त्यस्तै, मन्त्रालयले साउन १ गतेबाट विद्युतिय हाजिरीमा पनि कडाई गर्ने भएको छ ।

अहिले विद्युतिय हाजिरिको व्यवस्था भए पनि विभिन्न बहाना बनाएर हाजिरि टार्ने प्रवृत्ति देखिएको भन्दै मन्त्रालयले कडाइ गर्न लागेको हो ।

 

प्रकाशित : ३१ असार २०८२, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह