Logo

मुख्य समाचार

अन्तत: ओली नै शक्तिशाली, तेस्रोपटक अध्यक्ष बन्दै; विद्या भण्डारी गुटमै सीमित


gdpnepal
   ३ श्रावण २०८२, शुक्रबार


 

काठमाडौं । सत्तारूढ नेकपा (एमाले)ले अध्यक्ष केपी शर्मा ओलीलाई तेस्रो कार्यकालका लागि अध्यक्षको जिम्मेवारी प्रदान गर्न ७० वर्षे उमेरहद र दुई कार्यकालको व्यवस्था हटाउने भएको छ । 

बिहीबार केन्द्रीय कार्यालय च्यासलमा १० घण्टा बसेको सचिवालय बैठकले विधानमा रहेको ७० वर्षे उमेरहद र दुई कार्यकालको व्यवस्था हटाउने प्रस्ताव पोलिट्ब्युरो र केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको हो । 

वरिष्ठ उपाध्यक्ष इश्वर पोख्रेलसहितका केही नेता ७० वर्षे उमेरहद र दुई कार्यकालको व्यवस्था कार्यान्वयनको पक्षमा रहे पनि शक्तिशाली ओलीले पेलेरै आफ्नो पक्षमा निर्णय गराउन सफल भएका छन् ।

त्यस्तै, केन्द्रीय पदाधिकारी १५ सदस्यीय बनाइने भएको छ भने  केन्द्रीय कमिटीमा २५१ सदस्यीय हुने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । 

उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन प्रस्तावमा ११ सदस्यीय पदाधिकारी प्रस्ताव गरेका थिए ।जसमा केही संशोधन सहित पारत गरिएको छ ।

एमालेमा ७० वर्षे उमेरहद र दुई कार्यकालको बहस चर्को छ । ७० वर्ष र दुई कार्यकालको विधानको व्यवस्था कायम राख्नुपर्ने मत बैठकमा उठेको थियो । तथापि, नेताहरू उक्त प्रस्ताव लैजान सहमत भएका हुन् । 

विधान संशोधन प्रस्तावमाथि पोलिटब्युरो र केन्द्रीय कमिटीमा छलफल हुनेछ । त्यसपछि भदौ २०–२२ मा बस्ने विधान महाधिवेशनमा जानेछ ।

एमाले बैठकमा पूर्वराष्ट्रपति विद्या भण्डारीका विषयमा पनि छलफल भएको छ । यसबारे पछि निर्णय गरिने नेताहरूले बताएका छन् । 

भण्डारी विधान अधिवेशनमा सहभागी हुन नपाउने भएकी छन् । एमाले अध्यक्ष बन्ने महत्वाकांक्षा पालेकी भण्डारी गुटको नेतृमै सीमित हुने जोखिम बढेको छ ।

प्रकाशित : ३ श्रावण २०८२, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह