Logo

Banner-news

कोरोना नियन्त्रण गर्न विश्व बैंकबाट साढे ३ अर्ब, आईएमएफले पनि सहयोग गर्ने !


GDP Nepal
   २९ फाल्गुन २०७६, बिहिबार


काठमाडौं । विश्व बैंकले नेपाललाई कोरोना भाइरस संक्रमण नियन्त्रणको लागि २९ मिलियन अमेरिकन डलर (करिब साढे ३ अर्ब रुपैयाँ) अनुदान सहयोग दिएको छ ।

विश्वको एक सयभन्दा बढी देशमा फैलिरहेको कोरोना भाइरस नियन्त्रणको लागि विश्व बैंकले १२ बिलियन (अर्ब) डलर सहयोग गर्ने निर्णय केही दिनअघि मात्रै गरेको थियो। जस अनुसार नेपाललाई २९ मिलियन डलर प्रदान गरेको अर्थ मन्त्रालयले जनायो ।

मंगलबार हस्ताक्षर भएको सम्झौताको रकम नेपालले कसरी खर्चिन्छ भन्नेबारे अर्थमन्त्रालयले योजना बनाउने पनि मन्त्रालयले जनाएको छ । विश्व बैंकको सहयोगपछि मंगलबार नै स्वास्थ्य मन्त्रालयका प्रतिनिधि, विश्व बैंक प्रतिनिधि र अर्थसचिव सम्मिलित बैंठक समेत बसेको थियो ।

बैठकमा विश्व बैंकले नेपालमा हाल कोरोना भाइरस संक्रमण रोक्न आवश्यक पर्ने उपकरणहरूको अवस्था र ल्याउनुपर्ने उपकरणबारे जानकारी माग गरेको छ । साथै, नेपाल सरकारको कोरोना नियन्त्रणको योजनाबारे पनि विश्व बैकले चासो राखेको मन्त्रालयले जनायो ।

विश्वमा फैलिरहेको कोरोना भाइरस नियन्त्रणको लागि विश्व बैंकले संक्रमित देश र जोखिमको लागि भन्दै गत साता सहयोग गर्ने घोषणा गरेको थियो। घोषित रकममध्ये केहीलाई अनुदान र केहीलाई ऋण सहयोग हुने छ । नेपाललाई भने विश्व बैंकले अनुदान दिएको छ ।

कोरोना भाइरस नियन्त्रण विश्वब्यापी चिन्ताको विष बनेपछि विश्व बेकमात्र नभएर अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले समेत न्यून तथा मध्यम आय भएका मुलुकलाई सहयोग प्रदान गर्ने घोषणा गरेको छ ।

यो संक्रमणले विश्व अर्थतन्त्रलाई नै असर पारिरहेको र कमजोर अर्थतन्त्र भएको मुलुकलाई अझै बढी असर पार्ने आईएमएफको विश्लेषण रहेकोले सोहीअनुसार कमजोर अर्थतन्त्र भएको मुलकलाई ध्यानमा राखी आईएमएफले सहयोग गर्ने पनि जनाएको छ ।

प्रकाशित : २९ फाल्गुन २०७६, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह