काठमाडौं । बिहिबार सेयर बजार परिसूचक नेप्से ३.७६ अंकले बढेर दुई हजार ९८२.६४ विन्दुमा पुगेको छ ।
विकास बैंक ६६, होटल तथा पर्यटन ३४, हाइड्रोपावर ७७ र व्यापार उपसमूह १२ अंकले बढेको छ । त्यस्तै, आज बैंकिङ ९, फाइनान्स २०, उत्पादन ४६, अन्य २ जीवन बीमा ३४, माइक्रोफाइनान्स १३ र निर्जीवन बीमा ७८ अंकले घटेको छ ।
आज ग्रीन भेन्चर्सको सेयर सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ । यस दिन ३२८ कम्पनीको तीन करोड ८९ लाख कित्ता सेयर १८ अर्ब ४९ करोडमा कारोबार भएको छ ।










प्रतिक्रिया