Logo

Banner-news

इन्धनको मूल्य घटेसँगै हवाई भाडा २ सय रुपैयाँसम्म घट्यो, गाडीभाडा किन घट्दैन ?


GDP Nepal
   ७ चैत्र २०७६, शुक्रबार


काठमाडौं । विश्व बजारमा कच्चा तेलको मूल्य घटे पनि नेपाल आयल निगमले स्थानीय बजारमा भने न्यून मात्रै मूल्य समायोजन ग¥यो । जसका कारण नेपाली उपभोक्ताले अपेक्षित लाभ त पाएनन् तर हवाई भाडामा भने थोरै भए पनि समायोजन भएको छ ।

वायुसेवा सञ्चालक संघका अनुसार आन्तरिकतर्फको इन्धन मूल्यमा कटौतीसँगै फ्युल सरचार्ज शीर्षकमा भाडा कटौती गरिएको छ । जसअनुसार काठमाडौंबाट सबैभन्दा टाढाको गन्तव्य धनगढीको भाडा २ सय रुपैयाँले घटाइएको छ भने सबैभन्दा कम काठमाडौंदेखि सिमरासम्मको ४० रुपैयाँ भाडा घटेको छ ।

यस्तै, माउन्टेन फ्लाइटको १५० रुपैयाँ, काठमाडौंबाट भद्रपुरको १३५ रुपैयाँ, विराटनगरको ११० रुपैयाँ, जनकपुरको ६० रुपैयाँ, भरतपुरको ४५ रुपैयाँ, पोखराको ७५ रुपैयाँ, भैरहवाको ९५ रुपैयाँ, नेपालगन्जको १५० रुपैयाँ र तुम्लिङटारको ८० रुपैयाँले भाडा घटेको छ ।

यसरी इन्धनको मूल्य समायोजनसँगै आन्तरिक वायुसेवा कम्पनीहरुले फ्युल सरचार्जमा हेरफेर गर्ने गरे पनि स्थलमार्गका आम यात्रुले सार्वजनिक सवारीसाधनको भाडामा भने कुनै छुट पाउन सकेका छैनन् । काठमाडौं उपत्यकाभित्र अहिले पनि सार्वजनिक यातायातको न्यूनतम मूल्य १५ रुपैयाँ रहेको छ भने उपत्यकाबाहिर खासगरी पहाडी क्षेत्रमा मनलाग्दी भाडा असुल गरिन्छ ।

राज्यले नियमन गर्न नसक्दा सार्वजनकि यातायातको क्षेत्र बेथिति र अराजकताको पर्याय बनेको छ । इन्धनको मूल्य घटबढले दैनिक लाखौं यात्रुले सेवा लिने यो क्षेत्रमा भाडादर समायोजन नगरिँदा व्यवसायीहरुले राज्यकै संरक्षणमा ब्रह्मलुट मच्चाइरहेका छन् ।

प्रकाशित : ७ चैत्र २०७६, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह