Logo

Banner-news

वाह्य हवाई सेवा १० दिन बन्द, लामो दूरीका यातायात पनि रोकिने ।


GDP Nepal
   ७ चैत्र २०७६, शुक्रबार


काठमाडौं । सरकारले अन्ततः कोरोना संकट नियन्त्रणका लागि मुलुकलाई १० दिनलाई लकडाउनमा राख्ने भएको छ । जसअनुसार अन्तर्राष्ट्रिय हवाई सेवा ९ गतेदेखि १८ गतेसम्म बन्द रहनेछन् ।

यस्तै, लामो दूरीका यात्रुवाहक सवारी साधन पनि चैत १० बाट चल्ने छैनन् ।प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाउँमा सम्बोधन गरी यो जानकारी दिएका हुन् ।

सम्बोधनमा प्रधानमन्त्री ओलीले सरसफाइमा ध्यान दिन तथा अफवाहको पछि नलाग्न आग्रह गरे । यस्तै, कृत्रिम अभाव तथा कालोबजारी गर्नेलाई कारवाही गर्ने चेतावनी पनि उनले दिए ।

प्रधानमन्त्रीले आर्थिक क्षेत्रमा पर्ने असर अध्ययन भइरहेको भन्दै चाँडै नै राहतका प्याकेज ल्याउन आग्रह गरे ।

यस्तै, आम जनतालाई काम नपरी घरबाट बाहिर ननिस्कन आग्रह गर्दै उनले अत्कअत्यावश्यकीय सेवा प्रवाह गर्ने कार्यालय भने बन्द नहुने जानकारी दिएका छन् ।

प्रकाशित : ७ चैत्र २०७६, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह