काठमाडौँ । गत आर्थिक वर्ष २०८१/८२ मा १७ खर्ब २३ अर्ब २७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वार्षिक प्रतिवेदन अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा रेमिट्यान्स १९.२ प्रतिशतले बढेको हो ।
त्यस्तै, गत आर्थिक वर्षमा वैदेशिक रोजगारीका लागि ५ लाख ५ हजार ९ सय ५७ जनाले अन्तिम श्रम स्वीकृति र ३ लाख ३३ हजार ३ सय ९ जनाले पुनः श्रम स्वीकृति लिएका छन् । आर्थिक वर्ष २०८०/८१ मा ४ लाख ६० हजार १ सय २ जनाले अन्तिम र २ लाख ८१ हजार १ सय ९५ जनाले पुनः श्रम स्वीकृति लिएका थिए ।










प्रतिक्रिया