Logo

Banner-news

विलाशी गाडीमा बाहिरिने रकम राष्ट्रिय पुँजी निर्माणमा लगाउने अर्थमन्त्रीको दावी


GDP Nepal
   १८ चैत्र २०७६, मंगलबार


काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले विलाशी सवारी साधन आयातमा विदेशिने ठूलो परिमाणको रकमलाई स्वदेशमै पुँजी निर्माणमा उपयोग गरिने दावी गरेका छन् ।

आइतबारको मन्त्रिपरिषद बैठकले ५० हजार डलरभन्दा बढी मूल्यका सवारीसाधन आयातमा रोक लगाएको थियो । यसबाट नेपालका अटो व्यवसायीहरु प्रभावित हुनेछन् ।

अर्थमन्त्रीले भने सरकारी सञ्चारमाध्यम राष्ट्रिय समाचार समितिसँग कुरा गर्दै यसरी जाने मोटो रकम राष्ट्रियरूपमा नै पूँजी निर्माणमा लगाउनु उत्तम हुने बताएका छन् ।

सरकारी निर्णयअनुसार अब ६० लाखभन्दा बढी मूल्यका गाडी आयात हुने छैनन् । यद्यपि, भन्सार मूल्य ६० लाख भएको अवस्थामा यसले ठूलो असर पार्ने छैन । तर, नेपालमा सबै प्रक्रियापछि अधिकतम खुद्रा मूल्य ६० लाख रहेको अवस्थामा भने यसले असर पार्ने देखिन्छ ।

अर्थमन्त्रीले मरिच, सुपारी, केराउ, छोकडा, मदिराजस्ता वस्तुको आयातमा अर्काे व्यवस्था नभएसम्मका लागि रोक लगाउने निर्णय गरेका छन् । यी सामान आवश्यकताभन्दा बढी आयात भएको र तीन वर्षभन्दा बढीलाई पुग्ने देखिएकाले आयातमा रोक लगाइएको उनको तर्क छ ।

तर, यी वस्तु तेस्रो मुलुकबाट ल्याएर भारत र पाकिस्तानमा निर्यात हुँदै आएको थियो । तर, सोही प्रकृतिको पाम आयलमा भने सरकारले प्रतिबन्ध लगाएका छैन ।

प्रकाशित : १८ चैत्र २०७६, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह