Logo

Banner-news

राष्ट्रसंघ महासचिवले भने: कोरोनाभाइरस दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा ठूलो चुनौती


GDP Nepal
   १९ चैत्र २०७६, बुधबार


न्यूओर्क (एजेन्सी): संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिओ गुटेरसले कोरोनाभाइरस संक्रमणलाई दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा ठूलो चुनौतीको संज्ञा दिएका छन् । उनले यस महामारीको तुलना पछिल्ला कुनै वर्षका घटनासँग नहुने धारणा राखे ।

महासचिव गुटेरसले कोरोनाभाइरस महामारीको सामाजिक आर्थिक प्रभावसम्बन्धी राष्ट्रसंघीय प्रतिवेदन सार्वजनिक कार्यक्रममा यसले ल्याउने मन्दीको तुलना कुनै घटनासँग हुननसक्ने बताएका हुन् ।

नयाँ रोगले मानिसहरूको जीवन र जीविकामा असर गर्दै समाजहरूको मुटुमै प्रहार गरेको उल्लेख गर्दै उनले महामारीको प्रभाव कम गर्दै अन्त्य गर्नको लागि तत्काल सबैको सहकार्य सहितको स्वास्थ्य सहायता आवश्यक रहेको पनि बताए ।

महासचिवले कम विकसित देशहरूलाई सहायता गर्न औद्योगिक राष्ट्रहरूलाई आग्रह गरेका छन् । कम विकसित देशहरूलाई सहायता गर्न औद्योगिक राष्ट्रहरूलाई आग्रह गर्दै त्यसो नगरे डढेलोजसरी फैलिएको यस रोगका डरलाग्दा नतिजा सामना गर्नुपर्ने उनले चेतावनी दिए ।

राष्ट्रसंघको अनुमान अनुसार यस महामारीले विश्वभर झण्डै २ करोड ५० लाख मानिसहरूले रोजगारी गुमाउनेछन् भने विश्वव्यापी प्रत्यक्ष वैदेशिक लगानीको लहरमा ४० प्रतिशतले कमी आउनेछ ।

प्रकाशित : १९ चैत्र २०७६, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह