Logo

Banner-news

टाटा मोटर्सको बिक्री ८४ प्रतिशतले घट्यो, विदेश निर्यातमा पनि ६८ प्रतिशतले कमी


GDP Nepal
   २० चैत्र २०७६, बिहिबार


मुम्बई (एजेन्सी): भारतको टाटा मोटर्सले गत मार्च महिनामा कार बिक्रीमा ८४ प्रतिशतले कमी आएको जनाएको छ । गत वर्ष मार्चमा ६८ हजार ७२७ थान कार बिक्री गरेको टाटाले गत महिना ११ हजार १२ थान मात्र कार बिक्री गरेको थियो ।

व्यावसायिक प्रयोजनाका सवारी साधनको बिक्रीमा पनि ९० प्रतिशतले कमी आएको छ । गत वर्ष मार्च महिनामा ५० हजार ९१७ थान सवारी साधन बिक्री गरेकामा यस वर्षको मार्च महिनामा ५ हजार ३३६ थान मात्र बिक्री भएको छ ।

टाटा मोटर्सका अनुसार सवारी साधनको विदेश निर्यातमा पनि ६८ प्रतिशतले कमी आएको छ । गत वर्ष मार्च महिनामा ५ हजार ६१९ थान सवारी साधन निर्यात भएकामा यस वर्ष मार्चमा १ हजार ७८७ थान मात्र निकासी भएको छ ।

टाटा मोटर्सका यात्रुबाहक सवारी साधनको व्यवसायसम्बन्धी इकाईका प्रमुख मयन्क पारिकले कोरोनाभाइरसको प्रकोपका साथै भारतमा गरिएको लकडाउनले सवारी साधनको बिक्रीमा ठूलो असर परेको बताए ।

उनले टाटाका नयाँ उत्पादनप्रति उपभोक्ताले चासो देखाइरहेको र कोरानाका कारण भएको लकडाउन खुल्नासाथ बिक्रीमा सुधार हुने अपेक्षा गरिएको बताए ।

प्रकाशित : २० चैत्र २०७६, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह