Logo

Banner-news

कोरोनाको असर प्रष्ट नहुँदै एडीबीद्वारा ५.३ प्रतिशत वृद्धिदरको प्रक्षेपण !


GDP Nepal
   २१ चैत्र २०७६, शुक्रबार


काठमाडौं । एसियाली विकास बैंकले नेपालको आर्थिक वृद्धि चालू वर्षमा ५.३ प्रतिशतले सीमित रहने जनाएको छ । सरकारले ८.५ प्रतिशत वृद्धिको लक्ष्य लिए पनि एडीबीले ५.३ प्रतिशतको प्रक्षेपण गरेको हो ।

यद्यपि, जानकारहरु कोरोनाको असर गहिरिँदो रहेकाले एडीबीको प्रक्षेपणभन्दा पनि कम वृद्धि हासिल हुनसक्ने बताउँछन् । कोरोनाले अहिलेसम्म पर्यटन क्षेत्रमा ठूलो असर पारिरहे पनि उत्पादनमूलक क्षेत्रमा ठूलो असर पारिसकेको छैन ।

एडीबीले विश्वव्यापी रुपमा फैलिएको कारोनाभाइरस (कोभिड–१९) को जोखिमका कारण यही चैत २५ गतेसम्म देशभर गरिएको लकडाउन, उत्पादन, सेवा क्षेत्र र विप्रेषण आप्रवाहमा ह्रास भई आर्थिक वृद्धि घट्ने प्रक्षेपण गरेको हो ।

उच्च कृषि उत्पादन, पर्यटक आगमन, विप्रेषण आप्रवाहमा भएको बढोत्तरी तथा निजी क्षेत्रबाट भएको लगानी वृद्धिले अघिल्लो वर्ष ७.१ प्रतिशतको हाराहारीमा रहेको थियो ।

प्रकाशित : २१ चैत्र २०७६, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह