Logo

Banner-news

प्रधानमन्त्रीको देशवासीलाई सम्बोधनः आउने २ साता अझै चुनौतीपूर्ण !


GDP Nepal
   २५ चैत्र २०७६, मंगलबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अझै २ साता चुनौतीपूर्ण रहेको बताएका छन् । अहिले सरकारले काम गरिरहेको उल्लेख गर्दै दुई साता धैर्य गर्न उनले आग्रह गरे ।

मंगलबार देशवासीका नाउँमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो जानकारी गराएका हुन् । कोरोना संकट सुरु भएयता उनको यो दोस्रो सम्बोधन हो ।

हजारौं नेपाली घर फर्किए पनि क्वारेन्टाइनमा नबस्दा समस्या भएको उनले बताए । उनले लकडाउन सुरु भएपछि नेपाल–भारत सीमानजिक आएका नेपालीको भावनालाई बुझे पनि सीमा बन्द गर्नैपर्ने बाध्यता बुझिदिन उनले आग्रह गरेका छन् ।

निश्चिित अवधि पूरा गरेपछि स्वास्थ्य परीक्षण गरेपछि फर्काइने उनले बताए । यस्तै, विदेशमा रहेका नेपालीलाई धैर्य रहन उनले आग्रह गरे । विदेशमा नेपालीको मृत्यु भएकोप्रति उनले दुःख प्रकट गरे ।

आफूले विभिन्न मुलुकका प्रधानमन्त्रीसँग छलफल गरेको, राष्ट्रपतिले दूतावासमार्फत बुझेको र परराष्ट्रमन्त्रालयले समेत काम गरिरहेको उनको भनाइ छ ।

नेपालमा रहेका विदेशी नागरिकको आफूहरुले हेरचाह गरिरहेको र विदेशमा पनि नेपालीले त्यस्तै सुविधा पाउने उनको अपेक्षा छ ।
सात प्रदेशका १० परीक्षण केन्द्रबाट परीक्षण भइरहेको उनले जानकारी दिए । सातै प्रदेशमा पीपीई १०४८ सेट पूरा थान पठाइएको तथा गाउन र मास्क उपलब्ध गराइएको उनले जानकारी दिए ।

यस्तै, आर्थिक क्षेत्रलाई संकटमा पर्न नदिने उनले प्रतिवद्धता जनाए ।

प्रकाशित : २५ चैत्र २०७६, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह