Logo

Banner-news

अब सरकारी कम्पनीबाटै उपभोक्ताको घरमा चामल सिमी र फापर निशुल्क डेलिभरी


GDP Nepal
   २७ चैत्र २०७६, बिहिबार


काठमाडौं । लकडाउनका बेला दैनिक उपभोग्य खाद्यवस्तु खरिद कसरी गर्ने भनेर चिन्तामा हुनुहुन्छ ? जथाभावी खुलेका अनलाइन सपिङको गुणस्तरमा विश्वास छैन कि ?

त्यसो भए चिन्ता नलिनुस्, सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले तपाइँको आवश्यकता पूरा गर्नेछ । कम्पनीले बुधबारदेखि काठमाडौंको चक्रपथ क्षेत्रभित्र अनलाइन अर्डर लिन सुरु गरिसकेको छ ।

लकडाउन अवधिभरि निशुल्क डेलिभरीको सुविधासमेत कम्पनीले दिएको छ । वाणिज्य सचिव वैकुण्ठ सचिव अर्यालका अनुसार चक्रपथभित्र बसोबास गर्ने उपभोक्ताले दैनिक उपभोग्य वस्तुको माग गर्न सक्नेछन् । सो योजनालाई बिस्तारै काठमाडौँ उपत्यकाबाहिरसमेत विस्तार गरिने मन्त्रालयले जनाएको छ ।

कम्पनीले सामान माग गरेको बढीमा दुई दिनभित्र उपलब्ध गराउने जनाएको छ । तत्काललाई २ हजार रुपैयाँ बराबरको दैनिक उपभोग्य वस्तु उपलब्ध गराइनेछ ।

कम्पनीले सानो मन्सुली, जीरा मसिनो, जापानी चामल, कर्णाली सिमी फापरलगायतका खाद्य वस्तु उपलब्ध गराउने जनाएको छ ।

कम्पनीको बेवसाइट  nepalfood.gov.np मा गएर उपभोक्ताले आफूलाई आवश्यक वस्तु माग गर्न सक्नेछन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले शुरु गरेको ‘होम डेलभरी’ सेवाबाट उपभोक्ताले लाभ लिन सक्नेछन् ।

भुक्तानीका लागि नगद वा ई–पेमेन्ट गर्न सकिने व्यवस्था गरेको छ । कम्पनीले उपभोक्तालाई ई–पेमेन्ट विधि अपनाउन आग्रह गरेको छ ।

प्रकाशित : २७ चैत्र २०७६, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह