Logo

Banner-news

दक्षिण एसियाली अर्थतन्त्र ४० वर्षयताकै खराब, नेपालको वृद्धिदर बढीमा २.८ प्रतिशत


GDP Nepal
   ३० चैत्र २०७६, आइतबार


काठमाडौं । विश्व बैंकले कोरोनाभाइरस संक्रमणका कारण दक्षिण एसियाली मुलुकको अर्थतन्त्रको गति विगत ४० वर्षयताकै खराब अवस्थामा पुगेको जनाएको छ । बैंकले आइतबार सार्वजनिक गरेको साउथ एसिया इकोनोमिक फोकसमा यस्तो अवस्थाको चित्रण गरिएको हो ।

प्रतिवेदन अनुसार कोरोनाभाइरसका कारण नेपालले सन् २०२० मा १.५ देखि २.८ प्रतिशतसम्म आर्थिक वृद्धि हासिल गर्न सफल हुनेछ । बैंकका अनुसार आर्थिक वृद्धिदर सन् २०२१ मा अझ बिग्रेर १.४ देखि २.९ प्रतिशतको बीचमा रहने प्रक्षेपण गरिएको छ ।

विश्व बैंकका अनुसार यस वर्ष दक्षिण एसियाको समग्र वृद्धिदर १.८ देखि २.८ प्रतिशतका बीचमा झर्नेछ । जसमा भारतको वृद्धिदरमा भने त्यति ठूलो असर पर्नेछैन । भारतले यो अवधिमा ४.८ देखि ५ प्रतिशतसम्म वृद्धिदर हासिल गरे पनि अफगानिस्तान, माल्दिभ्स, पाकिस्तान र श्रीलंककाको वृद्धिदर भने ऋणात्मक हुनेछ ।

यद्यपि अर्को वर्ष भने भारतको वृद्धिदर समेत अधिकतम २.८ मा खुम्चिनेछ । २०२१ मा कुनै पनि मुलुकको वृद्धिदर ऋणात्मक भने हुनेछैन । बंगलादेश र भुटानले पनि २०२० मा भने ३ प्रतिशत हाराहारीमा वृद्धिदर हासिल गर्नेछन् ।

सेवा र औद्योगिक उत्पादनमा थप गिरावट आइ अर्थतन्त्र संकुचनमा जाने भन्दै विश्व बैंकले यो अवधिमा रेमिट्यान्समा कमी आउने तथा सीमा क्षेत्रमा पुगेको अवरोधले व्यापारमा पनि संकुचन आउने जनाएको छ ।

प्रकाशित : ३० चैत्र २०७६, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह