Logo

Banner-news

पर्यटनको क्षतिपूर्ति नेपाली विदेश नजाँदाबाटै, रेमिट्यान्सको पूर्ति आयात घटाएर: अर्थमन्त्री


GDP Nepal
   ४ बैशाख २०७७, बिहिबार


काठमाडौं । कोरोनाभाइरस (कोभिड–१९)का कारण अर्थतन्त्रमा पर्ने क्षतिका सम्बन्धमा विभिन्न टिप्पणी भइरहे पनि अर्थमन्त्री डा. युवराज खतिवडा भने त्यति डराएका देखिँदैनन् ।

कोरोनाबाट सबैभन्दा बढी असर पुग्ने क्षेत्रका रुपमा लिइएको पर्यटन उद्योग र रेमिट्यान्सका सम्बन्धमा उनको तर्क भने आम अर्थशास्त्रीभन्दा भिन्न छ । नेपालमा पर्यटक कम आउँदा अर्थात पर्यटकीय गतिविधि शून्य हुँदाको घाटा नेपाली विदेश नजाँदाबाटै पूर्ति हुने उनी बताउँछन् ।

यतिमात्र नभइ वार्षिक ९ खर्ब रेमिट्यान्सको पूर्ति कसरी गर्ने र यसबाट विदेशी मुद्रा सञ्चितिमा कमी आउने चिन्ता भइरहे पनि मुलुकमा आयात घट्दा त्यसबाट पूर्ति हुने उनको तर्क छ ।

अर्थमन्त्रीले यसरी मुलुकको अर्थतन्त्रमा कोरोनाले त्यति ठूलो संकट नल्याउने बरु मुलुक आत्मनिर्भर बन्नसक्ने बीबीसी नेपाली सेवासँगको कुराकानीमा बताएका हुन् ।
अर्थमन्त्रीले भनेका छन्– मुलुक उच्च तहको सन्तुलनबाट झरेर तल्लो तहको सन्तुलन कायम हुनसक्छ । हामी उच्च आर्थिक वृद्धिको बाटोमा थियौं । अचानक झट्का लागेको छ, तर हाम्रा लक्ष्यबाट हामी पछि हट्दैनौँ । हामी फेरि उठ्छौँ ।

प्रकाशित : ४ बैशाख २०७७, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह