Logo

Banner-news

सरकारले भन्सार, आईसीपी र सुक्खा बन्दरगाहमा विलम्ब र जरिवाना शुल्क छुट दिने


GDP Nepal
   ५ बैशाख २०७७, शुक्रबार


काठमाडौं । सरकारले व्यवसायीलाई भन्सार नाका र सुक्खा बन्दरगाहमा विलम्ब र जरिवाना शुल्क छुट दिने निर्णय गरेको छ । कोरोना संक्रमणका कारण आयात व्यापारमा समस्या भएपछि सरकारले व्यवसायीको आग्रहमा विलम्ब र जरिवाना शुल्क छुट दिने भएको हो ।

नेपाल फ्रेट फरवार्डर्स एशोसिएसनको आग्रहपछि सरकारले तत्कालका लागि विलम्ब शुल्क र जरिवाना नलिने निर्णय गरेको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल इन्टरमोडल यातायात विकास समितिलाई विलम्ब शुल्क र जरिवाना नलिन निर्देशन दिएको हो ।

एशोसिएसनका अध्यक्ष प्रकाशसिंह कार्कीले कोरोनका कारण मुलुकमा लकडाउन भएपछि वैदेशिक व्यापार प्रभावित भए पनि अत्यावश्यकीय वस्तु आयात भइरहेको तर कतिपय प्रक्रियागत झन्झटका कारण सामान रोकिएको जानकारी दिए । उनका अनुसार महामारीका कारण विभिन्न भन्सार नाकाहरु, सुक्खा बन्दरगाह, विभिन्न एकीकृत जाँच चौकी तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सामान रोकिएका छन् । उद्योग र यातायात नचल्दा कतिपय व्यवसायीले क्लियरेन्स लिन ढिलाइसमेत भएको अवस्था छ ।

वाणिज्य सचिवलाई एशोसिएसनले पत्र पठाउँदै लकडाउन अवधिभर विभिन्न भन्सार नाकाहरु, सुक्खा बन्दरगाह, विभिन्न एकीकृत जाँच चौकी तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका मालसामानहरुमा लाग्ने शुल्कमा सहुलिएत प्रदान गर्न आग्रह गरेको थियो । यस्तै, यस अवधिमा लागेका जरिवाना पूर्ण रुपमा मिनाह गरी सम्बन्धीत मातहातका सवै निकायमा पत्राचार गरिदिनका लागि एशोसिएसनले गरेको आग्रहअनुसार सरकारले पत्राचार गरिसकेको जनाइएको छ ।

प्रकाशित : ५ बैशाख २०७७, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह