काठमाडौं । मुलुकमा एकै दिन थप १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पहिलो कोरोना संक्रमित पत्ता लागेको दुई महिनापछि एकै दिन यतिधेरै संख्यामा संक्रमित भेटिएको यो पहिलो घटना हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उदयपुरमा १२ र चितवनमा २ गरी १४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।
मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ, हालको अध्यावधिक विवरण अनुसार कोभिड(१९ को जम्मा पुष्टी भएको संख्या ३० जस मध्ये आज मात्रै १४ जनामा नयाँ पुष्टी भएको छ, जसमध्ये उदयपुर जिल्लाका १२ वटा ९१२ जनै पुरुष ( ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ वर्षीय) र चितवन जिल्लाको २ वटा केस (२७ बर्षीय पुरुष र ६३ बर्षिय महिला) ।
मन्त्रालयका अनुसार उदयपुरका १२ जना पुरुष रहेका छन् भने चितवनमा एक पुरुष र महिला रहेका छन्।
संक्रमितहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ। यस घटनाले मुलुकभर त्रासदी उत्पन्न गराएको छ ।
प्रतिक्रिया