Logo

Banner-news

सम्पत्तिको स्वघोषणा गर्नैपर्छ, शुद्धीकरणसँग डराएर हुँदैनः बाबुराम भट्टराई


GDP Nepal
   ७ बैशाख २०७७, आइतबार


काठमाडौं । पूर्वप्रधानमन्त्री तथा संघीय समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले सम्पत्तिको स्वघोषणामा जोड दिएका छन् । आइतबार नेपाल इकोनोमिक ओलम्पियाड नामक संस्थाले गरेको डिजिटल अन्तक्र्रियामा उनले सम्पत्ति शुद्धीकरणसम्बन्धी अन्तर्राष्ट्रिय प्रावधानमा टेकेरै स्वघोषणा गर्नसकिने बताएका हुन् ।

पूर्वप्रधानमन्त्री भट्टराईले स्वघोषणालाई अभिलेखीकरणको संज्ञा दिएर यससम्बन्धी काम गर्नसकिने धारणा पनि राखे । उनले नेपालमा पिता पुर्खादेखि नै आयआर्जनको व्यवस्थित अभिलेख नभएको र घरजग्गाको मूल्यका कारण सम्पत्तिको मूल्यांकन पनि वृद्धि भएकाले एकपटक सबैको सम्पत्ति घोषणा र अभिलेखीकरण हुनुपर्नेमा जोड दिए ।

नेपालमा निजी क्षेत्रले समेत सम्पत्तिको स्वघोषणासम्बन्धी व्यवस्थाको माग गर्दै आएको छ । तर, सम्पत्ति शुद्धीकरणसम्बन्धी अन्तर्राष्ट्रिय सम्झौताले बाँधिएका कारण देखाउँदै सरकारले यस्तो व्यवस्था गर्न सकेको भने छैन । भट्टराईले भने नेपालको विशिष्ठ अवस्था विश्व समूदायलाई जानकारी गराउँदै यस्तो व्यवस्थामा जानसकिने सुझाएका छन् ।

पहिलोपटक अर्थमन्त्री हुँदा आयको स्वघोषणा को प्याकेज ल्याएका भट्टराईले सम्पत्तिको स्वघोषणापछि सोही अभिलेखका आधारमा दुःख नदिने ग्यारेन्टी भने राज्यले गर्नुपर्ने बताए ।

प्रकाशित : ७ बैशाख २०७७, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह