Logo

मुख्य समाचार

बालेनलक्षित मन्त्री पुनको टिप्पणीः आशालाग्दा अभियन्ता र अगुवाहरूले सर्को तानेर बोल्न र लेख्न थाले !


gdpnepal
   १७ कार्तिक २०८२, आइतबार


काठमाडौं । शिक्षामन्त्री महावीर पुनले आशालाग्दा अभियन्ता र अगुवाहरूले सर्को तानेर बोल्ने तथा लेख्ने गरेको बताएका छन् । उनले सर्को तानेको वेला केही पनि नबोल्न र नलेख्न अनुरोध गरेका छन् ।

गएराति काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सामाजिक सञ्जालमा अश्लील शब्दसहितको स्टाटस लेखेपछि शिक्षामन्त्री पुनले सर्को तानेको वेला केही पनि नबोल्न र नलेख्न अनुरोध गरेका हुन् ।

सामाजिक सञ्जालमा शिक्षामन्त्री पुनले लेखेका छन्, ‘केही केही आशालाग्दा अभियन्ताहरू र अगुवाहरूले बेला बेलामा सर्को तानेर बोलेको र लेखेको जस्तो जस्तो लाग्छ । सर्को ताने पनि केहि छैन । तर सर्को तानेको बेलामा केही पनि नबोल्न र नलेख्न अनुरोध छ ।’

अहिले मेयर बालेनको चौतर्फी आलोचना भइरहेको समयमा मन्त्री पुनले उनैलाई लक्षित गरेर स्टाटस लेखेको अनुमान गर्न सकिन्छ ।

प्रकाशित : १७ कार्तिक २०८२, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह