Logo

बैंक / बिमा /शेयर

महालक्ष्मी विकास बैंकको ५ प्रतिशत बोनस शेयर र ५.३७ प्रतिशत नगद लाभांश


gdpnepal
   १८ कार्तिक २०८२, सोमबार


काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्ना सेयरधनीलाई ५ प्रतिशत बोनस शेयर र ५.३७ प्रतिशत नगद लाभांश दिने भएको छ ।

सोमबार बसेको बैंक सञ्चालक समिति बैठकले बोनस शेयर तथा नगद लाभांश सम्बन्धमा यस्तो प्रस्ताव नियामकबाट स्वीकृत गराई साधारणसभामा लैजाने निर्णय गरेको हो ।

बैठकले आर्थिक वर्ष २०८१÷८२ को मुनाफा रकमबाट २०८२ असार मसान्तमा कायम रहेको चुक्ता पुँजी २९ करोड ६४ लाख ६८ हजार १५८ रुपैयाँँको १०.३७ प्रतिशतले हुन आउने ४४ करोड ५५ लाख ४२ हजार ७१० रुपैयाँ कूल लाभांश मध्ये ५ प्रतिशतले हुन आउने २१ करोड ४८ लाख २२ हजार ९०७ रुपैयाँ बराबरको वोनश शेयर प्रदान गर्ने निर्णय गरेको छ ।

साथै, चुक्ता पुँजीको ५.३७ प्रतिशतले हुन आउने २३ करोड ७ लाख १९ हजार ८०३ रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय भएको जनाइएको छ ।

लाभांश प्रस्ता नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भई संस्थाको २४ औं बार्षिक साधारण सभाबाट पारित भए पश्चात वितरण गरिने उल्लेख छ ।

प्रकाशित : १८ कार्तिक २०८२, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह