काठमाडौं । सोमबार सेयर बजार परिसूचक नेप्से ४.१५ अंकले घटेर दुई हजार ५६१.९४ विन्दुमा पुगेको छ ।
बैंकिङ ८, विकास बैंक ३३, फाइनान्स १७, जीवन बीमा ३३, उत्पादन २१, माइक्रोफाइनान्स ३, निर्जीवन बीमा ४३ र अन्य ७ अंकले घटेको छ । त्यस्तै, आज होटल तथा पर्यटन १०१, हाइड्रोपावर १० र व्यापार उपसमूह २१ अंकले बढेको छ।
आज उन्नती सहकार्य लघुवित्तको सेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज दरम खोला, सागर डीष्टिलरी रबुंगल हाइड्रोको सेयर ९.९९ प्रतिशतले बढेको छ ।
यस दिन ३२७ कम्पनीको ८६ लाख कित्ता सेयर ४ अर्ब ५१ करोडमा कारोबार भएको छ ।










प्रतिक्रिया